थसेस कोरिया द्दारा 17 औ एशियन खेलकूदमा सहभागि खेलाडीहरुको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्

14 November 2014

17 औ ईन्छन एशियन खेलकूदमा सहभागि हुन कोरिया आई पुगेका आर्चरी र बास्केटबलका 6 जना खेलाडीहरुलाई थसेस कोरियाले एक स्वागत कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ. आईतबार राजधानी सउल स्थित पूजा 2 रेष्टरेण्टमा सम्पन्न स्वागत तथा भेटघाट कार्यक्रम मार्फत सम्मान हुने खेलाडीहरुमा असिम सेरचन (आर्चरी) प्रेम पुन (आर्चरी) प्रीती तुलाचन (बास्केटबल) अनुषा मल्ल (बास्केटबल) समिचिन बिष्ट (बास्केटबल) सा मिक्षा नेउपाने (बास्केटबल) रहेका छन. 
करिव 25 जना थकाली बन्धूहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा थसेस अध्यक्ष भरत तुलाचनको सभापतित्व र थसेस संरक्षक तथा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष भक्त सेरचनको प्रमुख आतिथ्य रहेको थियो भने बिशेष अतिथिहरुमा कास्की परिवारका अध्यक्ष नबिन गुरुङ, सल्लाहकार कुल प्रसाद ज्वारचन, सल्लाहकार मल्लिका थकाली, सल्लाहकार सगुन भट्टचन रहनु भएको थियो.कार्यक्रममा थसेस अध्यक्ष भरत तुलाचनले सहभागि खेलाडीहरुलाई सम्मान पत्र प्रदान गर्नुको साथै खाडा ओदयाएर सम्मान गर्नु भएको थियो. मनतब्यको क्रममा थसेस संरक्षक तथा प्रमुख अतिथि भक्त सेरचनले खेलाडीहरुलाई गरिएको यो सम्मानले खेलाडीहरुमा थप हौशला र उर्जा मिल्न सक्ने बिचार ब्यक्त गर्दै आगामी दिनहरुमा सफलता मिल्दै जावस् भन्ने कामना गर्नु भयो.
कार्यक्रममा शुभ बिजया दशामीको सुखद उपलक्ष्यमा शुभकामना आदान प्रदान गरिनुको साथै उपस्थित महानुभावहरुले अध्यक्षबाट टिका र जमरा ग्रहण गरेका थिए. आईतबार राति अबेर सम्म सम्पन्न कार्यक्रममा उपाध्यक्ष जुना ज्वारचनको स्वागत तथा सचिव सुदन ज्वारचनको संचालन रहेको थियो.

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP