थसेस कोरियाले मार्च २४ तारिख आईतबार सांगितिक रमझमको साथ तोरन्ल्ह पर्व मनाउने

19 February 2013

थकाली सेवा समाज दक्षिण कोरियाले थकाली जातीको महान पर्व तोरन्ल्हको अवसर पारेर आगामी मार्च २४ तारिख आईतबारको दिन दिवाभोज तथा बिबिध सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । कोरियाका चर्चित स्थानिय कलाकारहरुका साथ मनाउन लागिएको तोरन्ल्ह कार्यक्रममा दर्शकहरुलाई भरपूर मनोरन्जन दिलाउनुका साथै उपस्थित महानुभावहरुलाई बिबिध मिष्ठान्न थकाली परिकारहरु पस्कने तयारी गरि रहेको छ । उक्त दिन थसेस कोरियाको उक्त कार्यक्रम संग अन्य कुनै कार्यक्रमहरु नजुधाई सहयोग गरि दिनुहुन कोरियामा कृयाशिल सम्पूर्ण संघ संस्थाहरुलाई अनुरोध गर्दै सम्पूर्ण संघ संस्थाका पर्तिनिधि ज्युहरु तथा नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई तोरन्ल्ह कार्यक्रममा उपस्थित भई मनग्य मनोरन्जन लिनु हुन हार्दिक अनुरोध गरिएको छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP