थसेस दक्षिण कोरियाले खोटाङ सेवा समाजको सांस्कृतिक कार्यक्रममा सेलरोटी बेच्ने

06 September 2010

थकाली सेवा समिति दक्षिण कोरियाले खोटाङ सेवा समाजको सांस्कृतिक कार्यक्रममा सेलरोटी सहितको मिष्ठान्न परिकारहरुको बिक्री बितरण गर्ने भएको छ । खोटाङ सेवा समाज संगको सहमति पछि हिजो ५ तारिख आईतबारको दिन मायां रेष्टुरेण्टमा बसेको थसेस बैठकले २१ तारिख सम्पूर्ण तयारी पूरा गर्नेगरि आबश्यक सामग्रीहरुको लिस्ट र कार्य बिभाजन गरेको छ । थकालीहरुको जन्मथलो मुस्ताङ जिल्लामा हरेक  बर्षमा आयोजना गरिने महामेला मुस्ताङ टुर्नामेन्टमा थसेस दक्षिण कोरियाको तर्फबाट दुई थान भलिबल र एक थान भलिबलको जाली बितरण गर्ने निर्णय गरेको छ । अध्यक्ष भक्त सेरचनको अध्यक्षतामा बसेको उक्त बैठकले अन्य महत्वपूर्ण निर्णय समेत गरेको छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP