थसेस जापानले महान् पर्व तोरन्ल्हमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने

23 January 2010

नेपालका चर्चित युवा गायक निमा रूम्वा र अहिलेका चर्चित हास्यकलाकार समुह मेरी बास्सै थकाली सेवा समिति जापानको निमन्त्रणामा टोक्यो आउने भएका छन् ।
संयोजक राजु शेरचनका अनुसार थकाली सेवा समिति जापानले तोरन्ल्हको उपलक्ष्यमा हरेक वर्ष आयोजना गर्दै आएको शुभकामना साँझका लागि कलाकारहरू नेपालवाट आमन्त्रित गरिएका हुन । गायक रूम्वा पहिले पनि जापान आएका थिए भने मेरी बास्सैको पहिलो प्रर्दशन हुदैछ । मेरी बास्सैका ध्रुमुस (सिताराम कट्टेल), सुन्तली (कुन्जना घिमिरे) र माग्ने बुढा (केदार घिमिरे) तिनैजना टोक्योको मञ्चवाट कुर्लिने छन् ।
मार्च २१ तारिख मेगुरो कुमिन हलमा साँझ ५ बजे देखि शुभकामना साँझ सांस्कृतिक कार्यक्रमको आयोजना गरिने संयोजक शेरचनले बताउनु भएको छ । शेरचनका अनुसार टिकट दर ४,००० यन रहने र अग्रिम वुकिङ, विद्यार्थी तथा जोडीका (कपलका) लागि विशेष सहुलियत प्रदान गरिने छ ।
(साभार थसेस जापान)

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP