थासाङ सांस्कृतिक सौगातका कलाकारहरु कोरियामा

01 October 2009

थकाली सेवा समिति दक्षिण कोरियाले आयोजना गर्न गईरहेको थासाङ सांस्कृतिक सौगात २००९ का कलाकारहरु कोरिया आई पुगेका छन । २ तारिख बिहान ६:४५ मा ईन्छन बिमान स्थल आईपुगेका कलाकारहरुलाई थसेस अध्यक्ष भक्त सेरचन,सचिव भरत तुलाचन,सल्लाहकार बिनोद थकाली, अपाङग संघका अध्यक्ष कुश राज राई र सदस्य चित्र सेरचनले स्वागत गर्नु भएको थियो । आज यहां आई पुगेका कलाकारहरुमा दोहोरी गायिका शिला आले, दोहोरी गायक राजु परियार,हांस्य कलाकार जितु नेपाल र लोक पप किङ राम चन्द्र काफ्ले छन । रिमिक्स गायिका अन्जु पन्त भने तामाङ संघको कलाकार टोलिमा हिंजै कोरिया आई सकेका छन । नायिका तथा नृत्यकार सम्झना बुढाथोकी भने एक कार्यक्रममा सहभागि भई ३ तारिख बिहान सम्म कोरिया आई पुग्ने छन । थप फोटोहरु.......

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP