दक्षिण कोरियामा एकजना थकाली बन्धूको हातको बुढी औंला मेशिनले चुंदाल्यो

27 July 2009

राजधानी सउल बाहिर ख्योङगिडो पोच्छन एरियामा काम गर्ने एक जना थकाली बन्धूको हातको बुढीऔला मेशिनमा परि हाल अस्पतालको उपचार कक्षमा रहनु भएको छ । जुलाई २३ तारिखको दिन आफू कार्यरत कम्पनीको एक मेशिनमा अचानक हातको औला पर्न गएपछि कम्पनी मार्फत स्थानिय अस्पतालमा उपचारको लागि लगिएता पनि उक्त अस्पतालले उपचारमा असमर्थता जनाउंदै तुरुन्त राज्धानी सउलको ठूलो अस्पतालमा स्थानान्तर गरिदिएको थियो । उक्त घटनाको जानाकारी पाएपछि हिजो सांझ थसेस अध्यक्ष भक्त सेरचन लगायतका पदाधिकारी टोली बिरामीलाई भेट्न अस्पताल पुगेको थियो । हाल चुदालिएको औंलालाई पुन: जोड्नको लागि स्टिल र पीनको प्रयोग गरिएको छ । बिरामीले थसेस ब्लगमा आफ्नो नाम नजनाईदिन अनुरोध गरेअनुसारको समाचार तय गरिएता पनि बिरामीको बारेमा थप जान्न र भेट्न चाहानुहुने महानुभावहरुले तलको ठेगाना प्रयोग गर्न सक्नु हुनेछ ।
अस्पतालको नाम - राज्धानी सउल स्थित संबुक छुङआङ अस्पताल ४ तलाको ५१९ रूम।
सम्पर्क फोन- ०१० २४८८ ९५७६

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP