थसेसको आयोजनामा हुन गईरहेको सांस्कृतिक सौगात २००९ को लागि कलाकार निश्चित

08 June 2009

रोजगारको लागि कोरियाली भूमिमा आई अंगभंग हुन पुगेका प्रवासी नेपालीहरुको संस्था नेपाल अपाङग संघको सहयोगार्थ कोरिया को महान् पर्व छुसक २००९ अक्टुबर ३ तारिखको दिन थकाली सेवा समिति दक्षिण कोरियाको आयोजनामा हुन गईरहेको सांस्कृतिक सौगात २००९ को लागि नेपालबाट ल्याईने कलाकारहरुको लागि अन्तिम निर्णय गरि सहमतिको प्रकृयालाई अगाडी बढाएको छ । जस्मा अन्जु पन्त र रामचन्द्र काफ्ले कोरिया आउने निश्चित भएको छ भने अन्य कलाकारहरु संगको सहमतिलाई जोडतोडका साथ अगाडि बढाईएको ले जुन महिनाको तेश्रो हप्ता सम्ममा निश्चित भई सक्ने छ । हिजो थकाली सेवा समिति दक्षिण कोरियाको बिशेस भेलाले आगामी कार्यक्रममा बढिमा ५ जना सम्म कलाकारहरु ल्याउन सकिने गरि निर्णय गर्दै सातौ महिनाको पहिलो हप्ता देखि कार्यक्रम सम्बन्धि प्रचार प्रसार र सम्पूर्ण तयारीको शुरुवात गर्ने निर्णय गरेको छ । साथै कार्यक्रम आयोजना गर्न आवश्यक कोषको ब्यबस्था समेत गरेको छ । उक्त कार्यक्रमको लागि कोषको रकम र थकाली बन्धूहरुबाट संकलित गरि करिव १ करोड ७० लाख ओन अनुमानित लागत जम्मा गरिएको छ । हाल सम्म निश्चित भएका कलाकारहरुको लागि यहां क्लिक गर्नुहोस ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP