रिमिक्स गायिका अन्जु पन्त कोरिया आउने निश्चित , अप्रिल १९ तारिख थसेस बृहत् भेला हुने

12 April 2009

थकाली सेवा समिति दक्षिण कोरियाले आगामी अप्रिल १९ तारिख आईतबारको दिन बृहत् भेलाको आयोजना गर्ने भएको छ । मह जोडी कोरिया नआउने भएपछि पुन कलाकार छनोट लगायत अन्यबिषयहरु माथि छलफल गर्न थसेस बृहत् ब्हेलाको आयोजना गर्न लागिएको हो । तोङदेमुन स्थित पूजा २ रेष्टुरेण्टमा आयोजना हुने यस थसेस बृहत् भेलामा सम्पूर्ण थकाली बन्धूहरुका साथै नेपाल अपाङग संघका सम्पूर्ण पदाधिकारीहरुलाई दिउंसो १ बजे सम्ममा उपस्थित हुन भनिएको छ । त्यस्तै हाल नेपाल लगायत कोरियामा समेत चर्चामा आईरहेकी रिमिक्स गायिका अन्जु पन्त भने थसेसको कार्यक्रममा कोरियाआउने निश्चित भएको छ । बांकी कलाकारहरु यसै हप्ताको बृहत भेलाबाट निर्णय गरि पुन: नेपालमा कलाकारहरु संगको सहमतिलाई अगाडि बढाईने भएको छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP