आर्चरी फेस्टिबलमा सहभागि नेपाली खेलाडी टोलीको सम्मानमा स्वागत कार्यक्रमको आयोजना

18 October 2012

थकाली सेवा समाज  दक्षिण कोरियाले बिश्व ट्रयाडिश्नल आर्चरी संघ कोरियाको आयोजनामा सम्पन्न छैठौं बिश्व ट्रयाडिश्नल आर्चरी फेस्टिबलमा सहभागि भएका  नेपाली परंपरागत आर्चरी खेलका  खेलाडी टोलीहरुको सम्मानमा स्वागत कार्यक्रमको  आयोजना गरेको छ। राजधानी सउलको यङदम्फो शहर स्थित  माउण्ट एभरेष्ट रेष्टुरेण्टमा आयोजित  स्वागत कार्यक्रमको   औपचारिक कार्यक्रम थसेस कोरियाका अध्यक्ष क्षेत्र थकालीको सभापतित्व र नेपाल आर्चरी महासंघका केन्द्रिय उपाध्यक्ष बसन्त थकालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।  बिशेष अतिथिहरुमा थसेस कोरियाका सल्लाहकार  डा. अनुज भट्टचन, आर्चरी खेलाडी द्दय  गुप्त सेरचन र रमेश शिवाकोटी रहनु भएको थियो । थसेस कोषाध्यक्ष कमला सेरचनको संचालन रहेको पहिलो चरणको कार्यक्रम पश्चात उपस्थित पाहुनाहरुलाई  रात्री भोजमा सरिक गराईएको थियो ।


Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP