कोरियामा ओम प्रसाद सेरचनको आत्महत्या यसरी भएको रहेछ

25 July 2012

प्युथान जिल्लाबाट करिव १८ महिना अगाडी कोरिया आई कार्यरत ओम प्रसाद सेरचन हिजो सोमबार बिहान ११ बजे तिर कोरियाको छनान शहर स्थित आफ्नै  कोठाको बाथरुममा झुन्डिएर आत्म हत्या गरेका छन । हाल छनान शहर स्थित एक अस्पतालमा रहेको उहांको मृत शरीरलाई पोष्टमार्टम गर्ने तयारी भईरहेको जानाकारीमा आएको छ । आफनो रुम पार्टनर संग भएको कुराकानी अनुसार ३ महिना अगाडी मात्र अन्य कम्पनीबाट उक्त कम्पनीमा आएको र काम गर्ने क्रममा अस्ति सोमबार दिउंसो दांत दुखेकोले सहकर्मी साथीको साथ अस्पताल गएको र मंगलबार समेत बिहान काम शुरु गर्दा बितिक्कै दांत दुखेकोले बिदा दिन अनुरोध गर्दा कम्पनी म्यानेजरले बिदा दिई कोठामा आएकोमा साथीहरु कोठामा नाईट काम गरि सुती रहेको भएकोले बाथरुममा गई झुन्डिएर आत्म हत्या गरेका थिए ।   

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP