थसेस साधारण सभा भब्यताको साथ सम्पन्न , क्षेत्र थकालीको अध्यक्षतामा ११ सद्स्सीय नयां कार्य समितिको चयन

17 June 2012

थकाली सेवा समिति दक्षिण कोरियाको छैठौ साधारण सभा आज राजधानी सउल स्थित एम टि यु सभा हलमा भब्यताका साथ सम्पन्न भएको छ । थसेस अध्यक्ष भक्त सेरचनको सभापतित्व र बुद्दिजिवी कमला सेरचनको बिशेस आतिथ्यमा सम्पन्न सभाको पहिलो चरणमा बिशेस अतिथि सुदन जुहारचन,कमला सेरचन र सकृय थकाली चेली जुना जुहारचनले मन्तब्य दिएका थिए । कोषाध्यक्ष मिना हिराचनले हाल सम्मका सम्पूर्ण आय-ब्यय बिबरण पेश गरका थिए । थसेस अध्यक्ष तथा सभाका सभापति भक्त सेरचनबाट पहिलो चरणको कार्यक्रमलाई बिसर्जन गरिएपछि सम्पन्न बन्दशत्रबाट पुर्व उपाध्यक्ष क्षेत्र थकालीको अध्यक्षतामा ११ सदस्सीय नव कार्य समितिको चयन गरिएको छ । उपाध्यक्षमा पुर्व कोषाध्यक्ष मिना हिराचनलाई चुनिएको छ भने कोषाध्यक्षमा हाल कोरियामा खोप सम्बन्धि अनुसन्धान गरिरहनु भएका (साईन्टिष्ट) डा. अनुज भट्टचनकी धर्म पत्नी श्रीमती कमला भट्टचन (सेरचन)लाई चुनिएको छ । त्यस्तै आगामी दिनहरुमा संस्थालाई अझ सकृय र प्रभावकारी बनाउदै लैजानको लागि संस्थामा महासचिव पदको आबश्यकतालाई मध्यनजर गर्दै महासचिव सहित सचिव र सह सचिव समेत रहने ब्यबस्था गरिएको छ । जस अनुसार पुर्व सचिव भरत तुलाचनलाई महासचिव पदमा पदोन्नति गर्दै टंक सेरचनलाई सचिव र सुदन जुहारचनलाई सह-सचिवको जिम्मेवारी दिईएको छ । त्यस्तै, थसेस कोरिया नव गठित कार्य समितिले पुर्व अध्यक्ष भक्त सेरचनलाई बरिष्ठ सल्लाहकारमा चयन गर्दै डा. अनुज भट्टचन,दिनेश हिराचन र कुल प्रसाद जुहारचनलाई बिशेष सल्लाहकारमा चयन गरेको छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP