थकाली सेवा समिति दक्षिण कोरियाको आयोजनामा बनभोज कार्यक्रम सम्पन्न
28 September 2007
थप फोटोहरु
दक्षिण कोरियाको महान् पर्व छुसकको अवसर पारेर थकाली सेवा समिति दक्षिण कोरियाले बि बि क्यु पार्टी अर्थात बनभोज कार्यक्रमकोआयोजना सम्पन्न गरेको छ । राजधानी सउल देखि करिब १०० किलो मिटर टाढा ख्योङगिदो तथा खावन्दोको सिमानामा पर्ने फ्यङटेक स्थित एक रिसोर्टमा सम्पन्न उक्त बनभोज कार्यक्रममा कोरियामा कार्यरत थकाली बन्धुहरुको मनग्य उपस्थिति रहेको थियो । गत सेप्टेम्बर २२ तारिख राती करिब १२ बजे तिर थकाली सेवा समिति दक्षिण कोरियाका अध्यक्ष श्री भक्त सेरचन ज्युबाट थसेस द कोरिया अंकित ब्यानर खोलि उद्घघाटन गरेपछि बि बि क्यु पार्टी अर्थात बनभोज कार्यक्रमको बिधिवट रुपमा शुरुवाट गरिएको थियो । सेल रोटी सहितको मिष्ठान्न परिकारहरुले सु सज्जित बनभोज कार्यक्रममा अन्तर चन (गौचन,सेरचन,तुलाचन र भट्टचन ) नृत्य प्रतियोगिता तथा सामूहिक नृत्यको प्रदर्शन गरिएको थियो । २३ तारिख सांझ ८ बजे सम्म चलेको उक्त बनभोज कार्यक्रममा भाग्यशाली चिठ्ठाको नतिजा प्रकाशन गरि प्रथम,द्दितिय र तिर्तिय हुने बन्धुहरुलाई उपहार प्रदान गरिएको थियो । अध्यक्ष श्री भक्त सेरचन ज्युले दक्षिण कोरियामा कार्यरत थकालीहरुको गतिबिधिहरुलाई समेत्ने गरि गत महिना देखि http://www.thasesa.blogspot.com/ संचालनमा आईरहेको जानाकारी दिनु भयो । कार्यक्रममा सहभागि सम्पू्र्ण थकाली बन्धूहरुलाई धन्यबाद ज्ञापन दिनु हुदै आगामी बर्षहरुमा पनि यस्ता कार्यक्रमहरुको आयोजना गर्दै जाने प्रणका साथ बनभोज कार्यक्रम २००७ को समापन गर्नु भएको थियो । btulachan2000@yahoo.co.kr